किएभमा रूसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे
ratopati.com · Fri Jul 03 06:42:31 GMT 2026

किएभ । युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताएका छन् ।
यसैबिच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइलहरू निर्माण गर्ने इजाजत पत्रका लागि दबाब दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)