मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करोडौंका स्वास्थ्य सामग्री सोझै खरिद

ekantipur.com · Sat Aug 21 01:15:03 GMT 2021

काठमाडौँ — स्वास्थ्य सामग्री खरिद गर्दा जिम्मेवारी नतोकिएको व्यक्तिसँग सम्झौता गर्नु कानुनविपरीत रहेको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ ।

२०७६ चैत ९ मा मुलुकमा दोस्रो व्यक्तिलाई पनि कोरोना संक्रमण देखिएपछि सरकारले स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहसँग सम्झौता गरेको थियो । ‘ऐनको व्यवस्थाविपरीत समिति गठन गर्नुको आधार, कारण र औचित्य पुष्टि हुने देखिएन,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘कानुनमा जिम्मेवारी नतोकिएका व्यक्तिबाट भएका निर्णय कानुनसम्मत देखिएन ।’ ओम्नीले ल्याएको सामान प्राविधिक परीक्षणसमेत नगरी प्रयोग गरेको पाइएको महालेखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)