कोरोना महामारीकाबीच निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
baahrakhari.com · Sun May 16 17:22:00 GMT 2021
काठमाडौं । कोरोना महामारीकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा आन्तरिकतर्फकाे हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोललाई १२३, डिजेल/मट्टितेललाई १०६ र हवाई इन्धनलाई ७८ प्रतिलिटर तिर्नुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)