४१ वर्ष अनाहकमै भारतीय जेलमा थुनिएका दुर्गाप्रसादले पाँच लाख भारु क्षतिपूर्ति पाउने
nayapatrikadaily.com · Thu Dec 09 00:26:00 GMT 2021
तत्काल क्षतिपूर्ति रकम दिन पश्चिम बंगाल सरकारलाई कोलकाता उच्च अदालतको आदेश
विनाकसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गत चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई तत्काल भारु पाँच लाख (आठ लाख रुपैयाँ) क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख जम्मा गर्न पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)