विष्णुपुरमा महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाइ तालिम सुरु
gorkhapatraonline.com · Tue May 19 01:36:54 GMT 2026

सप्तरीको विष्णुपुर गाउँपालिका मा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाइ–कटाइ तालिम सुरु गरिएको छ । गाउँपालिकाको वडा नं. ६ का ३० जना महिलालाई लक्षित गर्दै ४५ दिने सिलाइ–कटाइ तालिम सञ्चालन गरिएको हो ।
तालिमको सोमबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले सहभागी महिलालाई सीपमूलक सिलाइ–कटाइ तालिम प्रदान गर्नुका साथै सिलाइ मेसिनसमेत उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)