१२ फागुनबाट धादिङबेसीमा लोक दोहोरी प्रतिष्ठानको अधिवेशन
rajdhanidaily.com · Tue Feb 21 23:30:26 GMT 2023
काठमाडौं । लोक दोहोरीका कलाकारहरु यतीबेला अधिबेशनको दौडमा छन् । लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । नयाँ कार्यसमितिको अध्यक्षका लागि हालकी उपाध्यक्ष रिता थापाले उम्मेदवारी घोषणा गरेकी छिन भने महासचिब शिब हमालले उम्मेदवारी घोषणा गरेका छन् ।
अरुको उम्मेदवारी बुधबारसम्म घोषणा हुने बताईएको छ । यसैबीच सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका छन् । उनका अनुसार यो महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् र पदाधिकारी चयन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)