मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको दाबी भारतद्वारा अस्वीकार

barnanmedia.com · Tue May 13 23:05:12 GMT 2025

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तान विरुद्धको सैन्य द्वन्द्वको समयमा भारत अमेरिकासँग निरन्तर सम्पर्कमा रहेको स्वीकार गरे पनि यस अवधिमा व्यापारमा कुनै वार्ता नभएको स्पष्ट पारेका छन् ।

साप्ताहिक मिडिया ब्रिफिङमा जयस्वालले भने, ‘भारत र अमेरिकाका नेताहरूबिच मे ७ देखि मे १० सम्म वार्ता भएको थियो, तर व्यापारमा कुनै छलफल भएन’ भारत र पाकिस्तानबिच चार दिनसम्म चलेको द्वन्द्वपछि शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थता पछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए । त्यसको केही समयपछि पाकिस्तानले पनि युद्धविरामको बारेमा कुरा गर्‍यो र अमेरिकालाई धन्यवाद दियो । जयस्वालले ट्रम्पको यो दाबीलाई अस्वीकार गर्दै भने, ‘अमेरिकासँग ’पाकिस्तान सैन्य द्वन्द्व रोक्ने’ वा मध्यस्थताको बारेमा कुनै छलफल भएको छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)