६० किलो सुन काठमाडौँ ल्याउने समूहका एकजना चिनियाँ भारतमा पक्राउ
ratopati.com · Wed Sep 13 22:56:00 GMT 2023
काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न एकजना चिनियाँ नागरिक भारतमा पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले सुन बरामद गरेपछि काठमाडौंबाट भागेका चिनियाँ नगरिक पेङ योङ सिन ‘आसिन’ पक्राउ परेका हुन् ।
भारतको सिलगुढीमा आसिन पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । काठमाडौँमा सुन बरामद भएपछि भागेका आसिनलाई भारतीय प्रहरीले ‘जासुस’को आरोपमा पक्रेर मुद्दा चलाएको थाहा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)