मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा राप्रपा नेताहरूद्वारा पार्टी परित्याग  

deshsanchar.com · Tue May 13 23:49:48 GMT 2025

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जना नेताहरूले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका हुन्।

पार्टी छोड्ने अन्य नेताहरूमा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीकी जिल्ला सल्लाहकार विनिता गुप्ता रहेका छन्। विनिता गुप्ता २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको उपमेयर उम्मेदवार समेत रहेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)