मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह : मन्त्रालय

barnanmedia.com · Tue May 13 23:44:28 GMT 2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह गरेको छ। लामो समय काठमाडौँ केन्द्रित आन्दोलन गरेर फर्केका शिक्षक तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न मन्त्रालयले आग्रह गरेको हो।

मंगलबार विज्ञप्ति प्रकाशित गरी शिक्षा मन्त्रालयले ‘शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेशागत दैनिकी सूचारु गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्य सम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई’ आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)