मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा सुरु भयो वसन्त पर्वको यात्रा, ४० दिन लामो छुट्टीमा दुई अर्ब बढी यात्रा हुने अपेक्षा

pahilopost.com · Sun Jan 08 01:06:18 GMT 2023

सांघाई : कोभिड-१९ नियन्त्रणसम्बन्धी नियम खुकुलो भएसँगै चिनियाँ जनसंख्या यतिबेला वार्षिक यात्रामा निस्किएको छ। चीनको नयाँ वर्षको रुपमा रहेको ‘वसन्त पर्व’का लागि मानिसहरु आफ्नो गृहनगर तिर लागेका छन्।

यो यात्रा वार्षिक रुपमा हुने विश्वकै सबैभन्दा ठूलो मानव यात्रा हो। शनिवारदेखि बसन्त पर्वका लागि यात्रा सुरु भएको छ। यस वर्ष वसन्त पर्व जनवरी २१ मा परेको छ। मानिसहरु आफ्नो काम गर्ने थलोदेखि गृहनगरतिर प्रस्थान गर्नका लागि रेल स्टेसन र विमानस्थलमा लाम लागिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)