मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री वाग्लेले जवाफ दिँदै

nepallive.com · Tue May 19 01:46:30 GMT 2026

काठमाडौँ– मंगलवार प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने तय भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।

यस क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३

०७:३१

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)