बाइडेनको शपथग्रहण समारोहमा भव्य कन्सर्ट
newsofnepal.com · Thu Jan 21 17:22:31 UTC 2021
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा भव्य सांगीतिक कार्यक्रम पनि आयोजित भएको थियो । लेडी गागाले जेनिफर लोपेज र गार्थ ब्रुकससँगै राष्ट्रिय गीत गाएकी थिइन् । यसैगरी, अमेरिकाकै पहिलो राष्ट्रिय युवा कवियत्री २२ वर्षीया एमान्डा गोम्र्यानले आफ्नो रचना ‘दि हिल वि क्लाइम्ब’ वाचन गरेकी थिइन् ।
त्यसैगरी, ‘सेलेव्रेटिंङ अमेरिका’ नामक साँझ वासिङ्टन डीसीको लिंकन मेमोरियलमा आयोजित कन्सर्ट टेलिभिजनबाट ९० मिनेटसम्म प्रसारण गरिएको थियो । हलिवुड कलाकार टम ह्यान्क्सद्वारा सञ्चालन गरेको सो कन्सर्टमा ब्रुस स्प्रिंगस्टिन, जोह्न लेजेन्ड, जान बोनजोभी, जस्टिन टिम्बरलेक र डेमी लोवाटोेले गाएका थिए भने कार्यक्रममा भव्य आतिशबाजी पनि गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)