मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको न्यूनतम साझा कार्यक्रम : गठबन्धन दिगो बनाउनेदेखि संविधान संशोधनसम्म

ekantipur.com · Tue Aug 03 01:00:06 GMT 2021

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने र गठबन्धनलाई दिगो बनाउने उद्देश्यसहित न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । सत्ता गठबन्धनको कार्यदलअन्तर्गतको उपसमितिले तयार पारेको मस्यौदालाई शीर्ष नेताले परिमार्जनसहित अनुमोदन गर्ने तयारी छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलअन्तर्गत उपसमितिले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम, गठबन्धन सञ्चालनको कार्यविधि र मन्त्रीले पालना गर्नुपर्ने आचारसंहिताको मस्यौदा तयार पारेको हो । संविधान र लोकतन्त्रका लागि दृढ रहने गठबन्धनको कार्यक्रममा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)