कान्तिपुर कन्क्लेभ भदौ २५ र २६ गते
ekantipur.com · Thu Aug 04 00:50:50 GMT 2022
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर कन्क्लेभको तेस्रो संस्करण भदौ २५ र २६ गते गर्ने भएको छ । ‘बियोन्ड एक्सपेक्टेसन्स : बियोन्ड बाउन्ड्रिज’ अवधारणामा दुई दिन सञ्चालन हुने कन्क्लेभमा नेपाल, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र युरोपका प्रबुद्ध व्यक्तिहरू वक्ताका रूपमा सहभागी हुनेछन् ।
यो मञ्चमा राजनीति, भूराजनीति, अर्थतन्त्र, ऊर्जा, जलवायु परिवर्तन, साहित्य र सिनेमासम्बन्धी विषयमा सघन संवाद हुनेछ । सन् २०१९ मा सुरु भएको यो ‘इभेन्ट’ को दोस्रो संस्करण २०२० मा भएको थियो । महामारीले स्थगन भएको तेस्रो संस्करण बृहत् र थप प्रभावकारी रूपमा हुने केएमजीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)