१८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन हिरासतमा, कल रेकर्ड र भिडियोको आधारमा छानबिन
pahilopost.com · Mon Jul 19 17:07:51 GMT 2021
पोखरा : १८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन विक (नाम परिवर्तन) यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। प्रहरीमा समेत कार्यरत रोहन आइतवार स्वयं जिल्ला प्रहरी कार्यालय कास्की पुगेको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन्।
रोहनविरुद्ध असार ३० गते १८ वर्षीया किशोरीमाथि करणी गरेको जाहेरी दर्ता भएको छ। बिहेको लागि १० दिन बिदा लिएका रोहन बिदा सकिएलगत्तै आइतवार दिउँसो प्रहरी कार्यालय आइपुगेका थिए। प्रहरी कार्यालय कास्कीले रोहनलाई हिरासतमा राखेर घटना सम्बन्धी छानबिन गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)