योगमाया आयुर्वेद विश्वविद्यालय केन्द्रीय कलेज स्थापनासँगै स्नातकोत्तर सञ्चालन
ratopati.com · Sun Mar 15 17:52:46 GMT 2026

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदवारिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयअन्तर्गत केन्द्रीय कलेज स्थापना तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ ।
आइतबार यहाँ आयोजित एक विशेष कार्यक्रमकाबीच विश्वविद्यालयको केन्द्रीय कलेज उद्घाटन गर्दै उच्च शिक्षाका कार्यक्रम सुरु गरिएको घोषणा गरिएको हो । विश्वविद्यालयका उपकुलपति डा रमेश ढुङ्गेलले सम्बोधन गर्दै आयुर्वेदिक शिक्षा र अनुसन्धानलाई सुदृढ बनाउन विश्वविद्यालयले महत्त्वपूर्ण पहल थालेको बताए । उपकुलपति ढुङ्गेलले खाँदवारिमा केन्द्रीय कलेज स्थापना हुनु सङ्खुवासभा जिल्लाका साथै समग्र कोशी प्रदेशकै लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले आयुर्वेद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्नातकोत्तर तहको कक्षा सञ्चालनले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संस्थाको स्थापना र स्नातकोत्तर कक्षाको सञ्चालनलाई ऐतिहासिक उपलब्धि मान्दै यसले जिल्लामा उच्च शिक्षा र आयुर्वेद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)