मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुर रिटर्नी फेडेरेशन गठन

thahakhabar.com

ललितपुर : एमालेनिकट रिटर्नी फेडेरेशनको प्रथम ललितपुर जिल्ला भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ। एमाले जिल्ला पार्टी कार्यालय सातदोबाटोमा भएको भेलाले राजु दुलालको संयोजकत्वमा २१ जनाको जिल्ला कार्य समिति चयन गरेको हो।

भेलाले जिल्लाका ६ मध्ये ५ वटा स्थानीय तहको संयोजक पनि तोकेको छ। भेलाले गोदावरी नगरपालिका संयोजकमा महेश्वर थापा, महालक्ष्मी नगरपालिकामा मातृका दाहाल, बागमती गाउँपालिकामा नवराज बजगाँई, महांकाल गाउँपालिकामा विदुर केसी, ललितपुर महानगरपालिकामा राम तिमिल्सनालाई चयन गरेको छ। कोन्ज्योसाम गाउँपालिकामा भने चयन हुन बाँकी रहेको फेडेरेशनका ललितपुर जिल्ला इन्चार्ज उमेश घिमीरेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)