लडेर एक पुरुषको मृत्यु
gorkhapatraonline.com · Sun Mar 15 18:07:49 GMT 2026

धनकुटाको छथरजोरपाटी गाउँपालिका ४, स्थित तेलियामा लडेर एक जना पुरुषको मृत्यु भएको छ। आइतवार मध्यान्ह करिब १२ बजे फलैचाबाट लड्दा एक जना पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थानका ५६ वर्षीय लक्ष्मण लिम्बू रहनुभएको छ । धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार छिमेकिको घर छेउमा रहेको फलैचामा बसीरहेको बेला अचानक लड्दा करिव २० फिट तल खसेर उहाँको मृत्यु भएको जानकारी दिनुभयो । लिम्बूलाई लडेर गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)