राजनीतिक संयन्त्रजुवातास खेल्ने ६ जना पक्राउ
lokaantar.com · Fri Feb 10 00:38:03 GMT 2023
चन्द्रागिरी नगरपालिका –११ सतुङगलस्थित पाँचथर फिदिम नगरपालिका –५ घर भएका ४२ वर्षीय प्रकाशकुमार राईको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा खाजाघरका सञ्चालक राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ६ सय ८५ रुपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)