गण्डकी सेमिफाइनलमा
ekantipur.com · Tue Feb 13 00:40:49 GMT 2024
पोखरा — गण्डकी प्रदेशले सोमबार मनमोहन मेमोरियल राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार गण्डकीले कोशीविरुद्ध ४९ रनले जित निकाल्दै गण्डकी सेमिफाइनल पुगेको छ । टस जितेको गण्डकीले २५ ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनायो । जवाफीमा कोशीले २५ ओभरमा ९ विकेट गुमाई १ सय २४ रनमात्रै जोड्न सक्यो ।
प्लेयर अफ द म्याच भएका रोहित चन्दले ३४ रन, युगान्त खत्रीले ३२ रन र सरोजबहादुर खत्रीले २५ बटुले । कोशीका कीर्ति कामत र दिव्यांश बाँस्तोलाले १–१ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)