उद्यमशीलता र विज्ञापन व्यवसाय
abhiyandaily.com
हालका दिनमा आएर हरेक क्षेत्रका उद्योग व्यवसायले विज्ञापन गर्न थालेका छन् । शिक्षा तथा स्वास्थ्य जस्तो सेवाक्षेत्रका विज्ञापनले पनि ठूलो हिस्सा ओगटेको छ । ‘शैक्षिक क्षेत्रको विज्ञापन मौसमी हुने भए पनि निजीक्षेत्रका कलेजहरू आफ्नो मौसमका ठूला विज्ञापनदाता हुन्,’ एक विज्ञापन व्यवसायीले बताए ।
केही वर्षयता विज्ञापन व्यवस्थाप्रति युवाहरूको आकर्षण बढ्दो छ । कलेजहरूमा विज्ञापन विषयको पढाइ हुन थालेको छ । विज्ञापन मूल विषय लिएर पढ्ने विद्यार्थीहरू बढ्दै गएको बिजनेश एडमान्टेजका निर्देशक सुबु श्रेष्ठको भनाइ छ । विज्ञापनको बजार ह्वात्तै बढेको देखिएको भए तापनि नेपाली विज्ञापनको बजार खासै ठूलो भने नभएको उनको तर्क छ । दक्ष जनशक्ति र प्रविधिको विकासले नेपालमा बन्ने विज्ञापनको स्तर पनि बढ्न थालेको छ । अहिले नेपालमा निकै स्तरीय विज्ञापन बन्ने गरेका छन् । अहिले नेपाली सञ्चारमाध्यममा बज्ने ८० प्रतिशत विज्ञापन स्वदेशमै निर्माण हुने आनका पूर्वअध्यक्ष भाष्करराज कर्णिकार बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)