गण्डकीका खेलाडीलाई ‘हाइअल्टिच्युड’ प्रशिक्षण
ekantipur.com · Thu Sep 01 00:59:52 GMT 2022
पोखरा — नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने गण्डकी प्रदेशका खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्युड’ प्रशिक्षणमा राखिने भएको छ । गण्डकीले सम्भावित स्वर्ण पदक ल्याउने खेलका खेलाडीलाई प्रदेश खेलकुद परिषद्ले उच्च स्थानमा प्रशिक्षण दिने तयारी गरेको हो ।
प्रतियोगिताअन्तर्गत ६ खेलमा सहभागी हुने एक सय खेलाडी १५ दिनसम्म मनाङमा रहनेछन् । भलिबल, बास्केटबल, कराते, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ सम्म मनाङमा प्रशिक्षण दिने तयारी छ । परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई हाइअल्टिच्युड तालिम महत्त्वपूर्ण अवधारणा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)