प्रधानमन्त्री ओलीको शपथ भोलि दिउँसो २ बजे, नेपाल पक्षका केही सांसद मन्त्री बन्दै
ekagaj.com · Thu May 13 17:11:03 GMT 2021
काठमाडौँ : प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीको पद तथा गोपनियताको सपथ शुक्रबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएकोले ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओली बिहीबार पुन: नियुक्त भएका हुन् । ‘सपथ ग्रहणको कार्यक्रम भोलिको लागि तय भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँगै माधवकुमार नेपाल पक्षका केही सांसद पनि मन्त्रीको सपथ ग्रहण हुने भनिए पनि सूची स्पष्ट छैन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)