मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आलु र प्याजमा मात्रै होइन यी खाद्यवस्तुमा सरकारले लगाएको छ 'भ्याट', कस्तो छ बजारमा माग?

pahilopost.com · Sun Jun 18 00:55:04 GMT 2023

काठमाडौं : आयातित खाद्यवस्तुहरुमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ। सरकारले लिने कर आयातकर्तादेखि खुद्रा बिक्रेतासम्म पुग्दा जोडिएर उपभोक्ताकै गोजीबाट तानिन्छ। आलु र प्याजमा भ्याट लागेको सर्वत्र चर्चा भइरहँदा दुबैको आयात प्रभावित मात्रै भएको छैन, व्यापारीले लुकाएर अभाव देखाउँदै मनपरी मूल्यमा असुली सुरु भइसकेको छ।

भ्याट लागू गरिएका खाद्यवस्तु आलु र प्याज मात्रै होइनन्, स्याउ, केराउ, एभोकाडो, बोडी, सिमी, स्ट्रवेरी, किबी, स्वीट कर्न लगायतमा पनि भ्याट लगाइएको छ। यसअघि आयातमा भन्सार छुट हुँदै आएका वस्तुमा अबदेखि १३ प्रतिशत भ्याट लाग्ने घोषणा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)