मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने

nepalipatra.com · Sun Mar 26 06:08:57 GMT 2023

एजेन्सी । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय पर्यटन दिवसको अवसरमा आगामी मे महिनाभर देशभर अनलाइन तथा अफलाइन पर्यटन गतिविधि सञ्चालन गरिनेछ । दक्षिण पश्चिम चीनको युन्नान प्रान्तको तेङचोङमा रहेको प्राचीन शहर हेशुनमा महोत्सवको मुख्य स्थान राखिनेछ । पर्यटकीय वस्तुमा मुलुकले हासिल गरेका नवीनतम उपलब्धि प्रस्तुत गर्न मे १९ देखि २१सम्म नगरमा प्रदर्शनी गरिने मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)