मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आकाशमै ठोक्किए दुई अमेरिकी विमान, ६ जनाको मृत्यु भएपछि पेन्टागनमा खैलाबैला

barnanmedia.com · Sun Mar 15 21:25:00 GMT 2026

इरानविरुद्धको सैन्य कारबाहीमा संलग्न अमेरिकी वायुसेनाको विमान इराकमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यको मृत्यु भएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले बिहीबार भएको उक्त दुर्घटनामा ज्यान गुमाउने सैनिकहरूको नाम आइतबार सार्वजनिक गरेको हो।

पेन्टागनका अनुसार मृत्यु हुनेमा अलाबामाका जोन क्लिनर (३३), वासिङ्टनकी एरिना साभिनो (३१), केन्टुकीकी एस्ले प्रुएट (३४), इन्डियानाका सेथ कोभल (३८) तथा ओहायोका कर्टिस एङ्ग्स्ट (३०) र टायलर सिम्पन्स (२८) छन्। ज्यान गुमाउनेमध्ये तीन जना वायुसेनाका सक्रिय अधिकारी र बाँकी तीन जना ‘नेसनल गार्ड’ का सदस्य हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)