मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ
nepalipatra.com · Sat Feb 04 06:17:12 GMT 2023
काठमाडौँ । मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘मेरो गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिए । ललितपुर प्रहरीले काठमाडौँ र मकवानपुरबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरूले ललितपुर–१५ सातदोबाटोका हरिप्रसाद ढकालको नाममा एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको शाहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)