मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

baahrakhari.com · Sat Aug 27 00:45:00 GMT 2022

काठमाडौं । देशका केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज बिहान लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हरी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)