गुजरातको लगातार दोस्रो जित
ratopati.com
गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । गुजरातले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५७ रन बनायो ।
दिल्लीका लागि कप्तान रिशव पन्तले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै ललित यादवले २५ रन जोड्दा रोमान पोवेलले २० रनको योगदान गरे । बलिङतर्फ गुजरातका लागि लकी र्फग्युसनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै मोहमद स्वामीले २ विकेट लिँदा हार्दिक पाड्या र रासिद खानले एक–एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)