मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘पहाड’ मा नेपाली समाजको कथा

ratopati.com · Sun Mar 15 22:31:18 GMT 2026

काठमाडौँ । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताएका छन् ।

आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको सो चलचित्रको आइतबार श्रव्य दृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्साउने बताए । उनले भने, “पहाड एकदमै सुन्दर ठाउँ हो । तर, पछिल्लो समय युवा पलायन भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइ सरेका छन् । हेर्दा हेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)