मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आचारसंहिता उल्लङ्घनको विषयमा छलफल

abhiyandaily.com

बेलहिया (रुपन्देही) । जिल्लामा निर्वाचन प्रचारका क्रममा दलहरूबाट निर्वाचन आचारसंहिता उल्लंघन भएकोप्रति इन्सेकले रुपन्देहीका प्रशासनिक निकायका अधिकारीलाई सचेत गराएको छ । रुपन्देहीमा भइरहेको निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा मानव अधिकारवादी संस्था इन्सेकका प्रतिनिधिले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिता उल्लंघनको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएका छन् । इन्सेक कार्यसमिति सदस्य शोभाखर बुढाथोकीसहितको टिमले जिल्ला प्रशासन कार्यालय भैरहवामा गरेको छलफलमा आचारसंहिता उल्लंघनलाई सामान्य रूपमा नलिन पनि आग्रह गरे ।

छलफलमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले अन्य जिल्लाको तुलनामा रुपन्देहीमा निर्वाचनका लागि सुरक्षा तयारी राम्रो भएको बताए । इन्सेकका पर्यवेक्षक सदस्य शिवप्रसाद गौडेलले रुपन्देहीमा चकलेटमा चुनाव चिह्न राखेर बाँडेको, लाउडस्पिकर र ठूलाठूला पोस्टर टाँस्ने गरेको भन्दै त्यसतर्फ प्रशासनले तत्काल कदम चाल्नुपर्ने सुझाव दिए । छलफलमा यौनिक तथा लैंगिक अल्पसंख्यक मतादाताका लागि प्रशासनिक तवरबाट के कस्तो व्यवस्थापन भएको छ भनी आनिक रानाले चासो व्यक्त गरे । इन्सेकका जिल्ला प्रतिनिधि रिमा बिसी, गैससको केन्द्रीय सदस्य गोबिन्द रेग्मी लगायतले रुपन्देही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको भन्दै त्यसतर्फ प्रशासनको ध्यानकर्षण गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)