एमालेमा इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर, महिलाको सहभागिता शून्य
lokpath.com · Fri Mar 12 17:10:27 UTC 2021
काठमाडौँ- नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट आएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रमु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वाक्ष्मती प्रदेशका इन्चार्ज, साहलाई प्रदेश–२ का अध्यक्ष र भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनका अनुसार एमालेका प्रवक्तामा प्रदीपकुमार ज्ञवाली, प्रदेश–१ का इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाल, प्रदेश–२ का इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा साह र सचिवमा सुमन प्याकुरेल, वाग्मती प्रदेशका इन्चार्जमा थापा, अध्यक्षमा पोखरेल र सचिवमा खेम लोहनी, गण्डकी प्रदेशका इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)