रास्वपाले बुझाएको समानुपातिकतर्फ ५७ जनाको नाम, छुटे प्रमोद र प्रकाश (नामसहित)
barnanmedia.com · Sun Mar 15 22:37:43 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले विभिन्न समावेशी समूहअनुसार सूची तयार गरी आयोगमा बुझाएको जनाएको छ।
रास्वपाले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायका प्रतिनिधित्व सुनिश्चित गर्दै ५७ जनाको सूची पेस गरेको हो। समावेशी प्रावधानअनुसार खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरिएका छन्। सूचीमा ४८ महिला र ९ पुरुषको नाम छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)