मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण

barnanmedia.com · Tue Apr 01 21:52:55 GMT 2025

काठमाडौँ, २० चैतः कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताउनुभयो ।

अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)