लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउप-कुलपति प्राडा.तुलसीराम वैद्यको निधन
barnanmedia.com · Thu Jul 18 23:44:20 UTC 2024

प्राडा.तुलसीराम वैद्यको निधन भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउप-कुलपति, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, इतिहाशविद् प्राडा.तुलसराम वैद्यको ८५ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
विसं १९९६ साल फाल्गुण १७ गते जन्मिुनभएका वैद्यले अलाहवाद विश्वविद्यालयबाट इतिहास विषयमा एम.ए.तथा पिएच.डी.गर्नु भएको थियो । २०१७ साल आषाढ १८ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्य सुरु गर्नुभएका उहाँले इतिहास केन्द्रीय विभागमा प्राध्यापक र विभागीय प्रमुख हुनुका साथै राष्ट्रिय विकास सेवाको निर्देशक, मानविकी तथा सामाजिकशास्त्र संकायका डिन, त्रि.वि.प्राज्ञिक परिषद्का सदस्य सचिव, परीक्षा नियन्त्रक आदि पदमा सक्रिय रूपमा कार्य गर्नु भएको थियो । डा.वैद्य एक्लैले आठवटा र सहलेखक भई सोह्रवटा पुस्तक प्रकाशित गर्नुभएको छ । उहाँले नेपाली सेनाको सैनिक संग्राहलय स्थापना गर्न करिब दुई वर्षसम्म विशेषज्ञ सल्लाहकारको रुपमा काम गर्नु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)