मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजार २७ महिनायताकै उच्च

ekantipur.com · Thu Jul 18 23:48:07 UTC 2024

काठमाडौँ — उच्च अंकले सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएपछि नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से झन्डै ६० अंकले बढ्दा २ हजार ४ सय २४.३२ बिन्दुमा पुग्यो । यसअघि ०७८ चैत अन्तिम साता नेप्से २ हजार ४ सय २० नजिक थियो । त्यसयता निरन्तर घटेर १ हजार ८ सय हाराहारीमा झरेको नेप्से फेरि उकालो लागिरहेको छ ।

नेप्से परिसूचक पछिल्लो दुई सातामा करिब ४ सय अंक बढिसकेको छ । एक महिनायता बजारले वृद्धिका संकेत देखाए पनि गति समात्न सकेको थिएन । तर पछिल्ला १४ वटा कारोबार दिनमा नेप्से करिब ४ सय अंक बढेर बिहीबारसम्म २ हजार ४ सय २४.३२ बिन्दुमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)