एलजीको ‘एसेन्सियल सिरिज’ भरतपुरमा सार्वजनिक
baahrakhari.com · Fri Jul 03 07:41:50 GMT 2026

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालिले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै विकसित गरिएको नयाँ ‘एलजी एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गरेको छ । विशेष कार्यक्रममा ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत उक्त नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।
कम्पनीका अनुसार नयाँ एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको छ । नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । यस श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा तयार गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)