मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिललाई विश्वकप जिताउन नेयमारलाई मौका, यस्तो बन्यो टिम

shilapatra.com · Tue May 19 02:15:00 GMT 2026

अन्तत: नेयमार ब्राजिलको विश्वकप टोलीमा परेका छन् । केही दिनअघिसम्म धेरै स्थानीय विश्लेषक र पूर्वफुटबलरहरूले उनको छनोट हुने सम्भावना निकै कम रहेको बताउँदै आएका थिए । ३४ वर्षीय नेयमार ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता हुन्, जसले ७९ गोल गरेका छन् । तर सन् २०२३ अक्टोबरमा बायाँ घुँडाको एसीएएल च्यातिएपछि उनी पूर्ण फिटनेसमा फर्किन लगातार संघर्ष गरिरहेका छन् ।

प्रशिक्षक कार्लो एन्सेलोटीको २६ सदस्यीय टोलीमा अपेक्षाअनुसार पछिल्ला वर्षहरूमा ब्राजिलका मुख्य खेलाडी बनेका भिनिसिएस जुनियर र राफिन्हा पनि समावेश छन् । मे २०२५ मा ब्राजिल टोलीको जिम्मेवारी सम्हालेका इटालियन प्रशिक्षक एन्सेलोटीले सोमबारको घोषणासम्म नेयमारलाई टोलीमा बोलाएका थिएनन् ।

एन्सेलोटीले गत साता ब्राजिलियन फुटबल फेडेरेसनसँगको आफ्नो सम्झौता सन् २०३० को विश्वकपसम्मका लागि थप गरेका छन् । तर ब्राजिलमा उनको सुरुआती कार्यकाल सहज भने रहन सकेको छैन, किनकि धेरै खेलाडी चोटका कारण विश्वकप टोलीबाट बाहिरिएका छन् ।

विशेषगरी फरवार्ड रोड्रिगो र एस्टेभाओ विलियमको अनुपस्थितिले उत्तर अमेरिकामा हुने विश्वकपमा एन्सेलोटीलाई सबैभन्दा बढी असर पार्न सक्छ ।

यस्तो आयो ब्राजिलका लागि विश्वकप खेल्ने स्क्वाड:

गोलकिपर

एलिसन (लिभरपुल)

एडर्सन (फेनेरबाहचे)

वेभर्टन (ग्रेमियो)

डिफेन्डर

एलेक्स सान्द्रो

डानिलो

लियो पेरेइरा (फ्लामेङ्गो)

ब्रेमर (युभेन्टस)

इबानेज (अल-अहली)

वेस्ली (रोमा)

मार्किन्होस (पेरिस सेन्ट-जर्मेन)

गाब्रिएल मागाल्हाएस (आर्सनल)

डगलस सान्तोस (जेनिट सेन्ट पिटर्सबर्ग)

मिडफिल्डर

ब्रुनो गुइमाराएस (न्यूक्यासल)

कासेमिरो (म्यानचेस्टर युनाइटेड)

डानिलो सान्तोस (बोटाफोगो)

फाबिन्हो (अल-इत्तिहाद)

लुकास पाक्वेटा (फ्लामेङ्गो)

फरवार्ड

एन्ड्रिक (लियोन)

गाब्रिएल मार्टिनेली (आर्सनल)

इगोर थियागो (ब्रेन्टफोर्ड)

माथेउस कुन्हा (म्यानचेस्टर युनाइटेड)

राफिन्हा (बार्सिलोना)

भिनिसियस जुनियर (रियल मड्रिड)

लुइज हेन्रिके (जेनिट सेन्ट पिटर्सबर्ग)

नेइमार (सान्तोस)

रायान (बोर्नमाउथ)

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३

०८:००

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)