नम्रताको स्टाटसपछिको तरंग
rajdhanidaily.com · Wed Aug 30 23:09:43 GMT 2023
काठमाडौं । अभिनेता सारुकको आत्महत्यापछि सञ्चारमाध्यमको सम्पर्कबाहिर रहेकी अभिनेत्री नम्रता श्रेष्ठले तीन दिनअघि आफ्नो पुरानो स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । आफूविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमविरुद्ध कानुनी कारबाहीमा जाने धम्की पनि उनले दिएकी थिइन् । चलचित्र माया ह्यासट्यागको तयारीका क्रममा चलचित्रको पैसामा पूजा गरिएको र बोको चढाएको कुरालाई अन्धविश्वास भन्दै सो कुराको उनले खण्डन पनि गरेकी थिइन् ।
यसरी अभिनेत्री नम्रताले सो कुराको अस्वीकार गरेपछि चलचित्र माया ह्यासट्यागका निर्देशक राजीव गुरुङले चलचित्रको ५ लाख रुपैयाँ कालोबोको चढाउन र पूजा गर्नमै नायिका नम्रताले खर्च गरेको कुरा बुधबार फेसबुकमा एक स्टाटसमार्फत व्यक्त गरेका छन् । पटकपटक नम्रताकै दबाबमा ५ लाखको पूजा गराइएको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको पनि उनले फेसबुक स्टाटसमा लेखेका छन् । चलचित्रको काम रोकिएका कारण काम अघि बढाउनकै लागि आफूहरूलाई नम्रताले त्यति महँगो तान्त्रिकबाट पूजा गर्न लगाएको पनि राजीवले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)