प्रधानमन्त्रीको भारत र चीन भ्रमणको तयारी
nayapatrikadaily.com · Wed May 10 00:16:00 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । कूटनीतिक संयन्त्र प्रधानमन्त्रीको भारत र चीन भ्रमणका लागि गृहकार्यमा छ । तर, भारत भ्रमणको मिति नटुंगिँदा चीन भ्रमणको मिति पनि तय हुन सकेको छैन ।
सुरुमा भारत भ्रमण गरेर फर्केपछि अर्को छिमेक चीन भ्रमण जाने प्रधानमन्त्रीको तयारी रहेको र त्यसमा काम भइरहेको प्र्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोलप्रसाद गजुरेलले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुन बाँकी छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ,’ गजुरेलले नयाँ पत्रिकासँग भने, ‘भारत भ्रमणपछि चीन भ्रमण हुन्छ । चीनबाट निमन्त्रणा आइसकेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)