मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘अधिकार नपाउँदा प्रदेश कमजोर’

annapurnapost.com · Wed Jul 27 00:53:00 GMT 2022

हेटौंडा : बागमती प्रदेशमा सरकार गठन भएको ४ वर्ष पाँच महिना बितेको छ। २०७४ माघ २८ गते बागमती प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नियुक्त भएका थिए। त्यसयता उनीसँगै थप २ जना मुख्यमन्त्री भएका छन्। तर, प्रदेशसभाको पहिलो कार्यकाल बित्नै लाग्दा प्रदेश अझै पनि अधिकार र भूमिकाकै खोजीमा छ। प्रदेश सरकारले जनताको बीचमा आफ्नो उपस्थिति देखाउने केही कामहरू गरे पनि अझै प्रदेश सरकार स्थापित हुन सकेको छैन।

४२ महिना सरकारको नेतृत्व गरेका डोरमणिको पहिलो वर्ष कार्यालय व्यवस्थापनमै बितेको थियो। त्यसपछि उनले प्रदेश सरकार सञ्चालन गर्न आश्यक कानुन निर्माणको काम अघि बढाए। ‘शून्यबाट मैले कार्यकाल सुरु गरेको थिएँ। दोस्रो वर्षबाट केही काम सुरु भयो’, पौडेल भन्छन्, ‘सबै जिल्लामा प्रदेश सरकार पुगेको थियो। परिणाममुखी कामको सुरुआत गर्‍यौं।’ महत्त्वपूर्ण कामको सुरुआत गरे पनि केही सरकारी प्रावधानका कारण निर्धारित समयका काम नभएको उनले बताए। संघ सरकार प्रदेश संरचनालाई बलियो बनाउन गम्भीर नभएको उनको गुनासो छ। ‘हिजोभन्दा आज प्रदेश सरकार कमजोर बन्दै गएको छ। प्रधानमन्त्रीले एकपटक पनि प्रदेश समन्वय परिषद्को बैठक राख्नुभएको छैन’, पौडेल भन्छन्, ‘गठबन्धन सरकार आएपछि झन् प्रदेश र संघबीच तालमेल छैन। प्रदेशलाई संविधानले दिएको अधिकार पनि केन्द्रमै राखेको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)