निकास राजनीतिक रूपबाटै खोज
rajdhanidaily.com · Wed Aug 11 23:10:57 GMT 2021
केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि सरकार परिवर्तनको लहर चलेको छ । लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री चयन गर्दै छ । बहालवाला मुख्यमन्त्री शंकर पोखरेलले बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाएसँगै नयाँ मुख्यमन्त्री चयनका लागि ढोका खुलेको हो । आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनुअगावै पोखरेलले राजीनामा दिएर नयाँ सरकार गठनका लागि राजनीतिक मार्ग प्रशस्त गरेपछि सत्ताधारी गठबन्धन नयाँ सरकार गठनका लागि छलफल र तयारीमा लागेको छ । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनमा एमाले विभाजनले पनि ठूलो असर पारेको छ । एमाले आन्तरिक खटपटका कारण वर्तमान सत्तासीन गठबन्धनले यो मौका पाएको पनि हो । हरेक पार्टीमा आन्तरिक समीक्षाको जरुरी छ । गठबन्धनमा माझिनुपर्ने कुरा धेरै छन् । तर, दल र दलका नेताले राजनीतिक चरित्रमा भने कमी आउन नदिनु जनताका लागि ठूलो डाडस हुन जानेछ । सरकार बन्ने र भत्कने प्रक्रिया समय क्रमसँगै हुन्छन् । सत्तागमन र बहिर्गमन स्वाभाविक राजनीतिक प्रक्रिया पनि हो ।
लुम्बिनी प्रदेशसँगै बाग्मती प्रदेशमा पनि सत्ता परिवर्तनको खिचातानी चलिरहेको छ । राजनीतिक निकास थुन्न खोज्दा खिचातानीले अकर्मण्यता र अस्वाभाविक गतिविधितिर डो¥याउँछ । सत्ता जनताका लागि समग्र राजनीतिक निकास हो । सत्ता ढल्ने र निर्माण हुने खेल राजनीतिक रूपमा पारदर्शी हुनु जरुरी छ । यसले देश, जनता र विकास निर्माणका काम र अग्रगमनको गतिमा गतिरोध पैदा गर्नुहुँदैन । नेता तथा कार्यकर्तामा पार्टीगत पूर्वाग्रह हुन सक्छ । मेरो सरकार टिकिरहोस् वा अरूको सत्ता सत्यानास होस् भन्ने मनोभावना हुन सक्छ । तर, आमजनतामा कसले सरकार बनायो र कसको सरकार ढल्यो भन्नेभन्दा पनि कुन नेताले राम्रो भूमिका निर्वाह ग¥यो र कुन नेताले गलत भन्ने छाप गहिरो गरी पारिहेको हुन्छ । नेता तथा कार्यकर्ताहरूले आफ्नो राजनीतिक इमेजको ख्याल राख्नुपर्छ । बाग्मती प्रदेशले पनि बिना छलछाम र जालझेल राजनीतिक निकास दिन सक्नुपर्छ । समय क्रमका हिसाबले सत्तामा कति दिन बस्नेभन्दा पनि विचार, राजनीति र पार्टी संगठनको दिगोपन कसरी जोगाउने भन्ने कुरामा ख्याल पु¥याउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)