मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा अनुदानको नुन लिनका लागि वडाको सिफारिस अनिवार्य

barnanmedia.com · Thu Jul 18 23:50:04 UTC 2024

जुम्लामा अनुदानको नुन लिनका लागि वडाको सिफारिस अनिवार्य गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जुम्लाले खाद्य गोदाममा नुनको अभाव हुन थालेपछि प्रति घरपरिवार मात्र तीन केजी नुन दिने व्यवस्था गरेको हो।

कार्यालयका प्रमुख नगेन्द्रबहादुर थापाका अनुसार, असार ९ देखि २१ गतेसम्म अनुदानको नुन सहज रुपमा बाँडिएको थियो। सो बेला शिक्षक, कर्मचारी र अपाङ्गता भएका व्यक्तिहरूलाई दुई केजी र विवाह, मृत्यु, र घर निर्माणका कार्यका लागि १० केजी सम्म दिइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)