जनप्रतिनिधिबीचको विवादले ४९ पालिका बेखर्ची
ekantipur.com · Thu Jul 18 23:57:06 UTC 2024

काठमाडौँ — बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच विवाद हुँदा ४९ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेर बेखर्ची भएका छन् । चालु आर्थिक वर्षका लागि असार १० भित्रै बजेट ल्याएर मसान्तसम्म पारित गर्नुपर्ने कानुनी प्रावधान भए पनि १ उपमहानगरसहित ३६ गाउँपालिका र १२ नगरपालिकाले बजेट पारित गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
गाउँ/नगरसभामार्फत चालु आर्थिक वर्षको बजेट पारित गराउन नसक्दा स्थानीय तहहरू खर्चविहीन हुन पुगेका हुन् । स्वतन्त्र उम्मेदवारी दिई नगरप्रमुखमा विजयी भएका हर्कराज राई (हर्क साम्पाङ) नगरप्रमुख रहेको धरान उपमहानगरपालिकासमेत खर्चविहीन भएको छ । मधेश प्रदेशका मात्रै २३ गाउँपालिका बजेटविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)