टहरामा कठ्यांग्रिँदै पढाइ
ekantipur.com · Sat Jan 08 01:34:53 GMT 2022
सिन्धुपाल्चोक — विद्यालय भवन नबन्दा बालबालिकाहरू जस्ताको टहरोमुनि कठ्यांग्रिदै पढ्न बाध्य छन् । भोटेकोशी गाउँपालिका–१ लिस्तीकोटस्थित उग्रचण्डी माध्यमिक विद्यालयको क्षतिग्रस्त भवन भूकम्प गएको साढे ६ वर्षसम्म पनि अझै निर्माण हुन सकेको छैन ।
२०७२ वैशाखको भूकम्पले जिल्लाका ४ सय ४७ मध्ये ४ सय ४५ विद्यालयका ३ हजार ६ सय २० कक्षाकोठा ध्वस्त बनाएको थियो । अहिलेसम्म दुर्गम र सुगम सबै क्षेत्रका अधिकांश विद्यालय भवनहरू पुनर्निर्माण भइसकेका छन्, केही निर्माणको अन्तिम चरणमा छन् । तर उग्रचण्डी माविको भवन निर्माणको कामै सुरु भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)