केही खुकुलो बनाउँदै १० दिन थपियो निषेधाज्ञा
abhiyandaily.com
काठमाडौं । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी जेठ मसान्तसम्म थपिएको छ । बुधवार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले केही क्षेत्र सहज बनाएर जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रजिअको बैठकले यसअघिको बैठकले बन्द गरेका किराना पसल, खाद्यान्न, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) खोल्न दिने निर्णय गरेको हो । साथै, वर्कशप पनि खोल्न दिइने भएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले अघिल्लो साताको बैठकले रोकेकासहित जनजीवन सहज बनाउने गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिए ।
उनका अनुसार बिहान ९ बजेसम्म तरकारी, खाद्यान्न, किराना पसल, खानेपानी, दूध, मासु, ग्यास पसल, वर्कशपलगायत क्षेत्र सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ । वर्कशप भने राति ९ बजेदेखिमात्रै सञ्चालन गर्न दिने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)