पर्यटन प्रविधिमैत्री व्यवसायका लागि महिला पर्यटन व्यवसायीलाई तालिम
dcnepal.com · Mon Feb 14 17:20:04 GMT 2022
पोखरा । पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि कास्कीको पोखराका महिला पर्यटन व्यवसायीलाई डिजिटल अनलाइनसम्बन्धी तालिम प्रदान गरिएको छ । महिला पर्यटन व्यवसायी महिला मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घमा आबद्ध सदस्यलाई डिजिटल मार्केटिङ तालिम प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधि मैत्री व्यवसाय अहिलेको आवश्यकता भएको उल्लेख गर्दै प्रविधिको सही प्रयोगबाट व्यवसायलाई प्रवद्र्धन गर्न सकिने धारणा राखे । उहाँले पछिल्लो समय अधिकांश पाहुनाले सामाजिक सञ्जालको प्रयोग गर्ने भएकाले त्यसबारे व्यवसायीले आफ्नो सेवासुविधा लगायतका विषयमा जानकारी दिन सके व्यवसाय प्रवद्र्धन हुँदै जाने बताए । उनले वर्तमान अवस्थामा अधिकांशको हातमै भइराख्ने मोबाइल एपको प्रयोगबाट संसारभर व्यवसायका बारेमा जानकारी दिन सकिने र तालिमपश्चात् व्यवसायी महिलाले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो व्यवसायलाई मार्केटिङ गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)