स्वास्थ्य बीमामार्फत् बिरामीलाई एकैपटक ३ महिनासम्मको औषधि
nepallive.com · Fri May 26 00:30:00 GMT 2023
काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा आवद्द बिरामीहरुलाई एकै पटक ३ महिना सम्मको लागि औषधि (आवश्यक पर्ने बिरामीको लागि) दिने भएको छ।
चिकित्सकको प्रेसक्रिप्सनअनुसार हाल भरतपुर अस्पतालले २ महिनाको लागि मात्र औषधि वितरण गर्दै आएको थियो। बीमाका बिरामीको भीड कम गर्न र उनीहरुको सुविधाका लागि यो निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)