भारतलाई दक्षिण अफ्रिकाले ७ विकेटले हरायो
baahrakhari.com · Thu Jun 09 17:40:00 GMT 2022
काठमाडौं । डेबिड मिलर र रसी भान डेर डुसानले अविजित १३१ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ विकेटको विजय हासिल गरेको छ ।
नयाँ दिल्लीस्थित अरुण जेट्ली रंशगालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २११ रन बनाएको थियो । २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । जितसँगै भ्रमणकारी दक्षिण अफ्रिकाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)